Prem Sagar Karmacharya-1

काठमाडौ। नेपालमा यतिखेर रगतको अत्यन्त अभाव भएको अवसर पारेर नेपाल स्वयमसेवी रक्तदाता समाजले आकस्मिक रुपमा काठमाडौको मैतीदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको छ। शनिवार आयोजित कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेको जानकारी आयोजक रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताएका छन्।

नियमित रक्तदान गर्नु सामाजिक दायित्व र कर्तव्य हो, निःशुल्क रगत पाउनु पीडितको नैसर्गिक अधिकार होू मूल नाराका साथ बिविध कारणबस हुन गईरहेको बिद्यमान रगत र रक्ततत्वहरूको अभाबलाई न्यूनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा देशब्यापी रक्तदान गर्न,गराउन वा रक्तदान कार्यक्रमको आयोजना गर्न गरिएको आह्वनलाई सार्थक तुल्याउँदै यो आकस्मिक रक्तदान कार्यक्रम गरिएको आयोजक समाजले भनेको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौ महानगरपालिका वडा नंबर ३० नगर समितिद्वारा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा आकस्मिक रक्तदान कार्यक्रमका प्रमुख नायक स्वयंसेवी रक्तदाताहरूलाई प्रमाण–पत्र प्रदान गरेका थिए।

Prem Sagar Karmacharya-2प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।