काठमाडौं। विश्वको अग्रणी जीवन बीमा कंपनी मेटलाइफ नेपालले नेपालमा ३० औं नयाँ अफिसको शुभारम्भ गरेको छ। काठमाडौंको सोल्टीमोड रविभवन स्थित रविभवन (कलंकी) अफिसको शुभारम्भ भएको हो।

मेटलाइफ नेपालको ३० औं नयाँ अफिसको रुपमा बुधवार शुभारम्भ भएको छ। मेटलाइफ नेपालका सीइओ निर्मलकाजी श्रेष्ठले रविभवन (कलंकी) अफिसको शुभारम्भ गर्दै यो अफिसले विशेषत काठमाडौंको पश्चिमी भेग तथा धादिङको खानीखोलासम्मका बिमित ग्राहकहरुको लागि सेवा दिन सक्षम हुने बताएका छन्।

त्यसैगरेर, मेटलाइफ नेपालका चीफ डिस्ट्रिीव्युसन अफिसर अरुण बस्नेत, एजेन्सी डाइरेक्टर अनिन्द्रराज श्रेष्ठ, तालिम निर्देशक बसन्त लिम्बू, सेल्स मेनेजर भुवन वहादुर राउत, असिसेन्ट सेल्स मेनेजर माधव मल्ल ठकुरी लगायतले रविभवन (कलंकी) नयाँ अफिसको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

शुभारम्भ समारोहको सञ्चालन तारा टिमका एजेन्सी मेनेजर ताराप्रसाद कसजुले गरेका थिए। 

प्रकाशन मिति–२०७६ साल पुस २३ गते बुधवार ।