काठमाडौं। टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

बुधवार दिउँसो जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज डटकमका सम्पादक संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध उजुरी दिन निकिता महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पुगेकी थिइन्। कीर्ते गरेर पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गरेको भन्दै निकिता तीन जनाविरुद्ध उजुरी गर्न पुगेकी हुन्।

महानगरीय प्रहरी परिसर काडमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो कार्यक्षेत्र बाहिरको भएकाले उजुरी दर्ता नगरिएको बताएका छन्। निकिता र रविका दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए।
प्रकाशन मिति–२०७६ साल भदौ ४ गते बुधवार ।