King Birendra Family.1

काठमाडौ। नेपालको राजा बीरेन्द्रको बंश नै नाश हुनेगरी भएको भयानक नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १६ बर्ष वितिसकेको छ। विसं.२०५८ साल जेष्ठ १९ गते शुक्रबारकै दिन भएको त्यो हत्याकाण्ड यता त्यो हत्याकाण्ड रच्ने खलनायक अझै रहस्यमय नै राखिएको छ।

Birendra Pratishthan 1

त्यस संवन्धमा सवैले भण्डाफोर गर्नुपर्ने सशक्त आवाज सहित स्वर्गीय राजा वीरेन्द्रको १६ औं स्मृति दिवस शुक्रबार मनाइएको छ। काठमाडौकों बसुन्धरास्थित वीरेन्द्र शान्ति बाटिकामा आयोजित कार्यक्रममा स्वर्गीय वीरेन्द्र प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले स्वर्गीय राजा वीरेन्द्रको सालिकमा माल्यार्पण गरेर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Birendra Pratishthan 2उक्त कार्यक्रममा अध्यक्ष खनालले राज बीरेन्द्रको बंश नै नाश हुनेगरी हत्याकाण्ड रच्ने हत्यारालाई जनसमक्ष ल्याउनु पर्ने माग गरेका छन्। कार्यक्रममा स्वर्गीय राजाको स्मरणमा दीप प्रज्ज्वलन समेत गरिएको थियो। वीरेन्द्र प्रतिष्ठानका उपाध्यक्ष बी.पी. बस्याल, उपाध्यक्ष बिनोद प्रसाद आचार्य, सल्लाहकार भाईराजा पाण्डे,तिलक केसी, सचिव रजित धमला,सदस्य बिकल खड्का, कागे बाहनुका नामले चिनिएका प्रख्यात कलाकार रमेश दुलाल, लोक गायिका तथा मोडल रिया घले, न्यूजलाइन नेपालका अध्यक्ष राजु भटट, संचारकर्मी सालिक भटट, किशोर सेडाई लगायतकाको विशेष उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २० गते शनिवार ।