काठमाडौं। नेपालको राजदरवारमा राजाकै गाडी चलाउने प्रथम महिला सवारी चालक रामदेवी श्रेष्ठ यो बर्षको भीम एकादशीवाट १ सय १ बर्ष पुगेकी छन्।

विसं.२०२१ सालतिर राजा महेन्द्रको गाडी चलाउने प्रथम महिला सवारी चालक रामदेवी श्रेष्ठ हिजो शनिवार भीम एकादशीको दिन १ सय १ बर्ष पुगेकी हुन्। १ सय १ बर्ष पुगेकी रामदेवी आमाको सम्मानमा रामदेवी आमाको जन्मदिन मनाइदिने कार्य सुनिता कायस्थ अध्यक्ष भएको गृहिणी महिला समूह विजेश्वरी, काठमाडौंवाट भएको हो।

काठमाडौं कालिमाटीस्थित हजुरआमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठव्दारा संचालित आमाघरमा आश्रित राजा महेन्द्रको गाडी चलाउने प्रथम महिला सवारी चालक रामदेवी श्रेष्ठको १ सय १ दिनको जन्मदिन मनाउने कार्य भएको छ। गृहिणी महिला समूहले रामदेवी आमालाई सवैको तर्फवाट सगुन तथा उपहार दिएर १ सय १ बर्षको शुभकामना लेखिएको केक काटेर उत्सव मनाउने कार्य भएको हो।

निसन्तान रामदेवी श्रेष्ठ आफू आफन्त सवैवाट बेवास्ता बनेर सडकमा आउन बांध्य बनेपछि आमाघरको शरणमा आएको बताएकी छन्। आमाघरमा आएपछि गत बर्षदेखि आफूले जन्मदिन मनाउन पाएकोमा असाध्यै खुशी लागेको र अझ बांच्ने रहर जांगेको भिजन संसार डटकमलाई प्रतिक्रिया दिएकी छन्।

रामदेवीको गत बर्षपनि गृहिणी महिला समूहले नै जन्मदिन मनाइदिएको थियो। यसरी जन्मदिन मनाउन पाउंदा आफ्नाहरु गुमाएर पनि सयौं नयाँ आफ्नाहरु पाएको भनेकी छन्। विसं.२०२९ सालमा श्रीमानको निधन पश्चात आफू नितान्त एक्लो भएको र हाल आमाघरमा आएर सवै पाएको रामदेवीले बताएकी छन्।

प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।