काठमाडौं। पार्टीको चर्को राजिनामा माग तथा विवादको घेरावन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन्।

प्रधानमन्त्री ओलीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज बुधवार पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वताएका छन्। बुधबार बिहान पार्टीका नेता र मन्त्रीहरूसँग पछिल्लो राजनीतिक विवादबारे छलफल गरेका प्रधानमन्त्री ओली ११ बजे पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए। त्यसपछि ओली संसद बैठकमा गएका थिए।

प्रधानमन्त्री ओलीले फागुन तेस्रो साता दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका थिए। बढी आराम लिनुपर्ने तथा तनाबमुक्त भएर बस्नुपर्ने स्वास्थ्यस्थितिका बाबजुद पनि आफ्नै पाटीका नेताहरुवाट चर्कोरुपमा राजिनामा माग भएवाट स्वभाविक रुपमा प्रधानमन्त्री ओली चर्को मारमा परेका छन्।
प्रकाशन मिति–२०७७ साल असार १७ गते बुधवार ।