ललितपुर। बर्षमा कम्तिमा ६ वटा इभेन्ट म्यानेजमेन्टको प्रोग्राम गर्ने नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनी नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट संस्था नै हो।

यिनै अग्रणी कंपनीले यही असार २९ गते काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन गर्ने तयारी लगभग पूरा गर्ने क्रममा पुगेको छ।

यपु फेसन डिजाइनिङको डिजाइन संयोजनमा आयोजना हुने फेसन युनाइटस् २ मा  २० जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो हुने भएको छ। जसमा नाम चलेका नेपाली सेलीब्रेटीहरुले पनि लायन वाक गर्ने भएका छन्।

रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यका मोहक विभिन्न डिजाइनका पहिरनमा मोडलहरुले व्यावसायिक मनमोहक क्याटवाकका साथमा फेशन–शो गर्ने भएका छन्। कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुको हुने भएको छ।

प्रकाशन मिति–२०७५ साल असार १५ गते शुक्रबार ।