Eco Hostel Ramkot 1काठमाडौ। नेपालको राजधानी काठमाडौंको पर्यटक केन्द्र ठमेलबाट ७ कि.मि. र मंकी टेम्पल स्वयम्भुनाथबाट ३ कि.मि. को पश्चिम रमनीय स्थानमा अवस्थित इको होस्टलले पहिलो पटक पुग्ने जोसुकैलाई आकर्षित गर्ने गरेको जिकिर पयर्टन पत्रकार राजु भट्टको रहेको छ। 

काठमाडौंको जिल्लाको चन्द्रागिरी .नगरपालिका अन्तर्गत रामकोट वडा नं ७ मा अवस्थित इको होस्टल आफैमा एक आनन्दमोहन पर्यटकीय क्षेत्र हो । यो होस्टललाई पुर्ण रपले बाँसै–बाँसले तयार पारिएकोछ भने होस्टललाई विभिन्न मनमोहक बंगैचाले शोभायमान बनाइएको छ।

काठमाडौंको धुँवा–धुलो तथा ध्वनि प्रदुषनबाट मुक्त वातावरण मैत्री क्षेत्रलमा अवस्थित यो क्षेत्रमा पुग्ने जोसुकै व्यक्तिलाई यसले तनाव रहित र आनन्द मोहक बनाउछ । बाँसै बाँसले बनाइएको यी घरमा आराम गर्दा साँच्चिकै प्रकृतिकै गोदमा आए जस्तो लाग्छ । त्यसैगरी जाडो मौसमको समयमा विहानको सूर्योदयको किरणसंगै गरिएको स्नान र त्यसपछि त्यहाँ रहेका होटल कर्मचारीले बनाएको कफी पिउँदा अक्रै स्वर्णीम आनन्द प्राप्त हुन्छ।

त्यसै गरी होस्टलमा बनाइएको मेनुमा पनि त्ँयही होटलकै परिसरमा उत्पादन गरिएको विषादी मुक्त हरियो तरकारीले त्यँहा आउने पर्यटकलाई विशेष गरि खानामा अक्रै आनन्द प्राप्त हुन्छ। एकान्त ठाँउमा जंगलको बीच भागमा अवस्थित रामकोटको इको होस्टललाई विशेष गरि पर्यटकलाई स्थानीय कला संस्कृतिसंग धुलमिल गराउनका लािग लक्षित गरि बनाइएको हो।

एकान्त ठाँउमा रहेकाले यो ठाँउमा आएका पर्यटकहरुले प्रकृतिको अनुपम आनन्द लिनुका साथ ध्यान तथा योग साधना पनि गारइन्छ । यो होस्टललाई २०७२ साल वैशाख १२ गतको भूकम्प पछि स्थानीय समुदायको सहयोगमा निर्माण गरिएको हो। हाल ३० देखि ३५ जनासम्म बस्न मिल्ने सो होस्टलाई बिस्तार गरेर भविस्यमा अझै बढी व्यक्ति बस्न मिल्ने बनाइने इको होस्टलका प्रबन्ध निर्देशक विवश गिरीले बताएका छन्।

अर्को पक्ष भनेको इको होस्टल भएर मनोरम स्थानमा रहेको स्वीजरल्याण्ड पार्क घुम्न जान पनि हो। यो पार्क विशेष गरि पिकनिक स्पटको लागि प्रसिद्ध रहेको छ। यो इको होस्टलमा बस्नको लागि यहाँहरुले ९८६०४१३५६९ मा सिधै सम्पर्क गरि रुम बुक गर्न सकिने होस्टेलका प्रवन्ध निर्देशक विवश गिरीले भनेका छन्।

Eco Hostel Ramkot 2प्रकाशन मिति–२०७४ साल असार १ गते विहीवार ।