–सनत कुमार थापा

नेपाल राष्ट्रको रचयिता तिमी हौ पृथ्बी नारायण ।
सच्चा नेपालीहरूले गर्ने छन् सधै तिम्रो स्मरण ।।

पौष २७ मनाउछौ हामी हर्षोल्लासका साथ तिम्रो जन्म जयन्ती ।
सार्बजनिक बिदा नभएपनि घट्ने छैन तिमी प्रति श्रद्धा र भक्ति ।।

नेपाली हामी बसेकाछौ आज तिम्रो नै प्रसंसा गरि ।
तिमीले नगरेको भए हुन्थ्यौ नेपाली हामी कसो गरि ।।

नेपालीको ढुकढुकीमा रहेकाछौ तिमी राष्ट्रिय बिभुति बनि ।
मनाउछौ आज नेपाली हामी राष्ट्रिय एकता दिवस भनि ।।

सबैको एउटै आवाज छ घोषणा गरोस् राष्ट्रिय पर्व भनि ।
सम्मान गरि घोषणा गरोस सरकारले सार्वजनिक बिदा पनि ।।

अहिले सुनिदैछ जातिय पहिचान र भौगोलिक पहिचान ।
बाइसे चौबिसेलाई सिङ्गो नेपाल बनायौ तिमी कति महान ।।

टुक्रा टुक्रा भएको भुगोल जोडी नेपाल बनाउने राजा पृथ्वीनारायण ।
नेपाली त्यो जसले गर्दछ तिमीलाई आज भक्तिपूर्वक श्रद्धा र सम्मान ।।

प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।