काठमाडौं। लोकदोहरी गाउने गायक तथा गायिकाहरुको लोकदोहरीकै भाकामा कयन पल्ट लभ पर्ने तथा विवाह हुने अनि ट्राजेडी हुने गरेको पाइन्छ। सुन्ने र हेर्नेहरुलाई लोकदोहरी गाउने यी गजबका गायक–गायिका वीच लभ परेकै हो या विवाह भएकै हो कि भन्ने भान हुने पनि गर्दछ।

कति मार्मिकतामा यिनीहरुको किन यति छिट्टै विछोड भयो भनेर आँखाभरि आँशु पार्नेहरुको पनि कमी छैन्। यो आँशु तथा हाँसो अनि रोमान्टिकताको भीडम विलकुलै नवीनतम आवाज तथा स्वरकी धनी लोकदोहरी गायिका रितु तामाङको पनि लोकदोहरी गायनमा कयन पल्ट लभ परिसकेको छ। कयनपल्ट विवाह पनि भैसकेको छ। र विछोड पनि भैसकेको छ।

वास्तविक जीवनमा भने गायिका रितु तामाङको विवाह भएको छैन्। कसैसंग लभ पनि परेको छैन्। २५ बर्षको मस्त जवानीमा रहेकी गायिका रितु तामाङले व्यावसायिक रुपमा लोकदोहरी गाउन थालेको आधा दशक भैसकेको छ।

विसं.२०७० सालदेखि व्यावसायिक रुपमा लोकदोहरी गाउन थालेकी रितुले गीत गुनगुनाउन थालेको भने सानै देखि हो। धादिङ जिल्लाको निलकण्ठ नगरपालिका स्थित धुँवाकोटमा जन्मी–हुर्केकी रितु त्यहीको वातावरण तथा सामाजिक परिवेशले नै गायिका बनेकी हुन्।

पिता जितवहादुर तामाङ तथा माता ख्यालमाया तामाङको माइली सन्तानको रुपमा जन्मेकी रितुको वास्तविक नाम रिता तामाङ हो। सवैले माया गरेर उनलाई रितु भनेर बोलाउंदा बोलाउंदै रितु तामाङ भनेर सवैमाझ उनी लोकप्रिय बनेकी हुन्। लोकदोहरी मात्र अढाई दर्जनभन्दा बढी गीत गाइसकेकी रितु तामाङका हिट गीतका भाकामा ज्यानमाया, मन त त्यस्तै हो, पँधेरीको पानी लगायत रहेका छन्।


प्रकाशन मिति–२०७७ साल असार ८ गते सोमवार ।