काठमाडौं। विगत एक सातादेखि काठमाडौंमा कोरोना महामारीको कारण जारी लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो पारेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने जनाएको छ । त्यसका लागि  व्यानरका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ।

मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने जिल्ला प्रशासन कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

बिरामी वा कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ । सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् ।

प्रकाशन मिति–२०७८ साल बैशाख २२ गते बुधवार ।