काठमाडौं। नेपालमा लगातार जारी लकडाउनको अवस्थामा लकडाउन उलंघन गर्नेहरुलाई नेपाल प्रहरीले क्याचर गरेर कारवाही गर्ने कार्यमा तिव्रता ल्याएको छ।

त्यसरी क्याचर गरेर कारवाहीलाई सहज र सरल बनाउन महानगरीय प्रहरी बृत कमलपोखरी मालीगाउंलाई म्यान क्याचर स्टील प्रदान गरिएको छ। ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल, काठमाडौं जिल्ला ग्रिल तथा स्टिल व्यवसायी संघ नेपालले सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालसंगको सहकार्यमा ११ थान म्यान क्याचर स्टिल प्रदान गरिएको हो।

बुधवार आयोजित कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका काठमाडौं जिल्ला सह–सचिव भरत लामिछाने , सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवम् अग्रज कवि तथा साहित्यकार नरेन्द्रवहादुर श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

म्यान क्याचर स्टिलको प्रयोगले लकडाउन उलंघन गर्नेहरुलाई सहज रुपमा क्याच गरेर कारवाही गर्न मिल्ने मात्र नभइकन यसले सामाजिक दूरी कायम गरेर कोरोनाभाइरसको संक्रमण फैलिनवाट रोक लगाउने विश्वास गरिएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।