–भोजराज श्रेष्ठ
(अपाङ मानवअधिकारकर्मी)

ललितपुर। अहिले बिहान ६.०० बजे देखि नेपाल लकडाउन भएको छ। कोरोना भाइरस बिश्वब्यापी रुपमा फैलिएर बिश्वयुद्धको रुप लिइरहेको छ। यो महामारिबाट बच्न–बचाउन र रोक्न संसारका सबै मुलुकहरुले अथक प्रयास गरिरहेको छ।

यसका लागि औषधि र खोप अझै पत्ता लगाउन सकिरहेका छैनन्। यद्यपि प्रयास गरिरहेका छन। । र समय पनि लाग्छ। आशा छ–निकट भबिष्यमै मानिसले कोरोनाभाइरस माथि अवस्य पनि बिजयी प्राप्त गर्नेछन्।

कोरोनाभाइरसबाट बच्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह र सरकारको निर्णयलाइ जनताले बिना हिचकिचाहट इमान्दारिताका साथ कार्यान्वयनमा साथ दिन सकियो भने मात्र केही हदसम्म बच्नका लागि सहज बन्न सक्छ।

चीन,इटली,लगायतका देशहरुमा धेरै मानिस हताहत भएको र त्यहांको अध्ययनले अधिकांस इम्युनिटी पावर कम भएकोलाई यो भाइरसले आक्रमण गरेको पाइएको छ। जसमध्ये जेष्ठ नागरिक,अशक्त र विभिन्न रोगले ग्रसित भएका ब्यक्तिहरु यसका शिकार बन्न पुगेको भन्ने समाचार सुन्नमा आएको छ।

तसर्थ, नेपालमा पनि यो महामारिले गांज्दै ल्याएको र पर्याप्त मात्रामा चेक जाँच नहुंदा अन्य देशहरुको तुलनामा कुनै पनि दुर्घटना भएको पुष्टि भएको छैन्। खुशीको कुरा हो। तर, उत्तरी छिमेकी देश चीनबाट फैलिएको कोरोनाभाइरस दक्षिणका भारतमा समेत फैलिएको अवस्थामा नेपाल अछुतो छ भन्न सकिन्न र फ्रान्सबाट नेपाल आएका एकजना युवतीमा पोजेटिभ देखिएको कुरा स्वास्थ्य मन्त्रीले पुष्टि गरिसकेको छ।

चैत ११ गतेदेखि १८ गते सम्म देश पुरै लकडाउन हुंदा अपाङ्गता भएका ब्यक्ति जसमा पूर्ण र अति अशक्त भएकाहरु बढी जोखिममा परेका छन्। उनिहरुको इम्युनिटी पावर कम हुने र तुरुन्त संक्रमणले छुन सक्ने भएकोले नेपाल सरकारले तत्काल यस बिषयमा विशेष ध्यान दिनु जरुरी छ।

रोग कहिल्यै आफ्नो हुंदैन। त्यसैले उनीहरुको सूचना लिने, उपचार गर्ने, इम्युनिटी पावर बढाउने पौष्टिक आहाराको ब्यवस्था गर्ने, सरसफाईका लागि चेतना अभिबृद्धि गराउने, त्यसका लागि सामाग्री उपलब्ध गराउने कार्य अति आवश्यक छ।

दैनिक रोजिरोटिका लागि काम गर्ने अपाङ्गता भएका नागरिक उसको परिवार ठूलो मारमा परेका छन्। भाडामा रहेका ब्यक्तिहरु झन समस्यामा परेकोले त्यस्ता ब्यक्तिहरुलाइ सरकारले राहतको प्याकेज तत्काल ब्यवस्था गर्न गराउन सरकार संग हार्दिक अपिल गर्दछु।


प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।