Aajal Beauty Parlourकाठमाडौ। हातमा सीप हुने तथा मेहनत गर्ने कहिले पनि भोको पर्दैन। यही सीप र मेहनतले नेपालमा महिला दिदीबहिनीहरुले उद्यमशीलताको विकास गरेको पाइएको छ। आफू उद्यमी बन्ने र रोजगारीको सिर्जना गर्ने कुरामा महिला दिदीबहिनीहरु अग्रपंक्तीमा देखिएका छन्। महिला दिदीबहिनीहरु माझ अत्यन्त लोकप्रिय व्युटीपार्लर व्यवसाय दिनानुदिन फस्टाउंदै गएको पाइएको छ। यसको महत्व र आवश्यकता अझ चुलिदै गएको छ।

Aajal Beauty Parlour.2यसैक्रममा व्युटीपार्लरको सेवा दिने तथा यसको तालिम दिने उदेश्यले शनिवार ललितपुरको लगनखेलमा आजल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको शुभारम्भ भएको छ। काठमाडौको नघल–श्रीघ विहार स्थित प्रभात माध्यमिक विद्यालय एसएलसी २०४५ समूहकी अगुवा संगीता श्रेष्ठ नेतृत्वमा गएको राजु स्थापित, डेविड श्रेष्ठ, रोजी जोशी, लजुना बज्राचार्य, रविता श्रेष्ठ लगायतका टोलीले उक्त पार्लरको विधिवत रुपमा उद्घाटन गरेका हुन्।

दुई व्युटीसियन आशा डंगोल तथा प्रमिला डंगोलको अगुवाइमा स्थापित आजल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले व्युटीपार्लर सेवाको अलावा महिला दिदीबहिनीहरुलाई व्युटीपार्लर संवन्धी तालिम दिएर सक्षम व्युटीसियन बनाउने लक्ष्य तथा उदेश्य राखेको छ। यसमा आफूहरु कटिबद्ध भएर लाग्दैआएको आजल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी व्युटीसियन तथा प्रशिक्षक प्रमिला डंगोलले भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १९ गते शनिवार ।