–नारायण लिंखा देवान
ललितपुर । सफा रहौं–स्वस्थ बनौं र बनाऔं भन्ने अवधारणा अनुरुप आफ्नो टोल आफै सफा गरौ भन्दै ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित दक्षिणकाली मन्दिर वरपर सफाई अभियान कार्यक्रम भएको छ। बडादशैंको मुख्य दिन फूलपातीको अवसर पारेर शुभकामना आदान–प्रदान गर्दै सरसफाई अभियान भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा निर्देशन बमोजिम विधिवत रुपमा सरसफाई कार्यक्रम संपन्न भएको छ। सरसफाई गरेर आफूपनि स्वस्थ बन्ने र टोलसमाजलाई पनि स्वस्थ वनाउने उदेश्यनुरुप सफाई अभियान कार्यक्रम भएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

यस कार्यको निरन्तर अभियानको रुपमा वडाले अगुवाई गर्दैजाने पनि वडा अध्यक्ष श्रेष्ठले बताए। ललितपुर महानगरपालिका वडा नंबर ५ को अगुवाईमा दक्षिणकाली महिला समूहको आयोजनामा भएको सरसफाई अभियान कार्यक्रममा दक्षिणकाली टोल विकास संस्था, नेप्से म्याक, लगनखेल प्रहरी प्रभागको पनि सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७७ साल कात्तिक ७ गते शुक्रवार ।