ललितपुर । योगले धेरैभन्दा धेरै रोगको निदान गर्नुको अलावा योगले मानिसको शारीरिक तथा मानसिक आनन्द प्रदान गर्ने गर्दछ । योगले स्वस्थ बन्न र बनाउने कार्य गर्दछ। बदलिदो सामाजिक जीवनमा योगको अझ धेरै महत्व र आवश्यकतालाई महशुश गरेर ललितपुर महानगरपालिका वडा नंबर ५ को सहयोगमा योग अभ्यास तथा योग उत्प्रेरक तालिम कार्यक्रम भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ महालक्ष्मी मार्ग लगनखेलमा दुई दिने योग अभ्यास तथा योग उत्प्रेरक तालिम कार्यक्रम भएको हो । योग साधना केन्द्र प्राकृतिक उपचार केन्द्रको आयोजनामा भएको योग अभ्यास तथा योग उत्प्रेरक तालिम अत्यन्त लाभदायिक भएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

योग तालिम कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा अध्यक्ष श्रेष्ठका साथमा वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, अशोक कुमार श्रेष्ठ, मञ्जु रिजाल लगायत वडावासी ७५ जनाको सहभागिता रहेको छ। तालिम कार्यक्रममा डा.क्षितिज बराकोटी लगायतले योग अभ्यास र योग उत्प्रेरक तालिम दिएका हुन। तालिम शनिवारसम्म संचालन हुने भएको छ।

प्रकाशन मिति–२०७८ साल फागुन ६ गते शुक्रवार ।