काठमाडौं। प्रा.डा. चन्द्रमान बज्राचार्यद्वारा लिखित समालोचनात्मक पूस्तक ‘कृति व दृष्टि’ विमोचन भएको छ । लहना मिडियाले शनिवार नेपाल भाषा एकेडेमी कीर्तिपुरमा आयोजित कार्यक्रममा विमोचन भएको हो। विमोचन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुन्।

कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ मल्ल के. सुन्दर लगायत विमोचित पुस्तक ‘कृति व दृष्टि’का लेखक प्रा.डा.चन्द्रमान वज्राचार्यले उपन्यासका बारेमा आ–आफ्ना मन्तव्य राखेका थिए। पुस्तकका प्रकाशक अर्विन्द्रमान सिंहले नेपालभाषाका विद्यार्थीहरुका लागि विमोचित कृति अत्यन्त उपयोगी भएको दावी गरेका छन्।

कार्यक्रममा प्रा.प्रेमशान्ति तुलाधर, नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वालें नेवाः साहित्य क्षेत्र र विमोचित पुस्तकको बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए। लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।


प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।