sankalpa-drug-progm-1काठमाडौ। संकल्प विकास केन्द्र नेपालको आयोजनामा लागु औषध नियन्त्रण संवन्धी विद्यार्थीहरुलाई लक्षित जनचेतनामूलक कार्यक्रम संपन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाईको सहयोगमा काठमाडौको कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलमा आयोजित जनचेतनामूलक कार्यक्रममा लागु औषधको दुव्र्यसन तथा यसको भयावह स्थितिको चित्रण गर्नुको अलावा यसले समाजलाई विकृत बनाइरहेको तथ्यलाई उजागर गर्ने कार्य भएको छ। कार्यक्रमवाट दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलमा माध्यमिक स्तरमा अध्ययनरत १ सय ४० जना विद्यार्थीहरु लाभान्वित भएको प्रिन्सिपल धन सुव्वाले बताए।

स्कुलका अध्यक्ष छत्रमणि कटुवालले कार्यक्रमवाट लागु औषध दुव्र्यसन र यसको असरको बारेमा पर्याप्त ज्ञान पाएकोले उनीहरुमा सचेतना बृद्धि भएको जिकिर गरेका छन्। कार्यक्रम नेपाल सरकार गृह मन्त्रालयका सहसचिव एवम् बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको प्रमुख आतिथ्यता र काठमाडौ महानगरपालिका ३२ वडा प्रशासकीय प्रमुख कमल गौतमको आतिथ्यतामा भएको थियो। प्रमुख अतिथि सहसचिव मानन्धरले नेपालमा लागु औषध दुव्र्यसनीको संख्यामा बर्षेनी भयावह रुपमा बृद्धि भैरहेको र विद्यार्थीहरु यस विरुद्ध लाग्न आग्रह पनि गरे।

CDO of Nepal Govt Mr Bijaya Narayan Manandhar singing Anti Drug song
CDO of Nepal Govt Mr Bijaya Narayan Manandhar singing Anti Drug song

लागु औषध दुव्र्यसन विरुद्ध गीत गाउने नेपालको पहिलो गायकको रुपमा पनि चिनिएका सहसचिव मानन्धरले आमाको छात्ति चरचर्री चिर्ने नगर अधर्म आफैलाई डढ्ने आफैलाई मार्ने नगर कुकर्म सवैलाई डस्ने विषालु साप हो–नशा हो यो लागु पदार्थ बोलको गीत स्टेजवाटै गाएरै विद्यार्थीहरुलाई सचेतना बढाउने कार्य गरेका थिए। अर्का अतिथि लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले लागु औषध नियन्त्रण संवन्धी जनचेतनामूलक अत्यन्त महत्वपूर्ण व्यावहारिक ज्ञान प्रदान गरेका थिए।

बालबाताबरण केन्द्र नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले बालबालिका पनि साथीभाइको लहलहैमा लागेर अन्जानमा लागु औषध दुव्र्यसनमा फसिरहेको आँकडा प्रस्तुत गरेका थिए। १२ बर्षको उमेरमा साथीभाइको लहलहैमा लागु औषधको शिकार बनेर दुव्र्यसनी बनेकी ग्रेस फाउण्डेसन वुमन रिहाबसन सेन्टरकी निर्देशक विगेश नेम्वाङ्गले आफ्नो कटु यथार्थ कार्यक्रममा जस्ताको तस्तै प्रस्तुत गरेकी थिइन्।

sankalpa-drug-progm-5

लागु पदार्थ सेवनवाट नेम्वाङ्गले आफ्नो जीवन नर्क भएको यथार्थ प्रस्तुतिकरण गर्दा सवैको आँखा रसकाएका थिए। बरिष्ठ पत्रकार तथा क्यापिटल एफएमका निर्देशक व्याकुल पाठकले सानैवाट अन्जानमा फस्ने र फसाउने लागु पदार्थवाट सावधान बन्नुपर्ने अवधारणा प्रस्तुत गरे । श्रीशक्ति समूहका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले कार्यक्रम निक्कै लाभदायिक भएको टिप्पणी गरेका थिए। कार्यक्रमका स्रोतव्यक्ति तथा कार्यक्रम संचालक प्राध्यापक निर्मल बज्राचार्यले विद्यार्थीहरुलाई शिक्षण शैलीमा लागु औषध नियन्त्रण संवन्धी चेतनामूलक जानकारी दिने कार्य गरेका थिए।

sankalpa-drug-progm-2आयोजक संकल्प विकास केन्द्र नेपालकी अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय लागु औषध नियन्त्रण इकाई विजुलीबजारले निर्माण गरेको चेतनामूलक डकुमेन्ट्री फिल्म मुक्तिको पनि प्रदर्शन गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल मंसीर १७ गते शुक्रबार ।