काठमाडौं। लायन्स तथा लियो क्लब अफ चाबहिल सिटीको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याए बापत वरिष्ठ चिकित्सक डा.गोपालरमण शर्मालाई सम्मान गरियो।

क्लबलाई अक्षयकोष स्थापनाका लागि सहयोगी दाताहरु र दीर्घायु गुरु अस्पताल, चाबहिललाई सम्मान गरिएको बरिष्ठ लायन प्रधुम्न जोशीले भिजन संसार डटकमलाई बताएका छन्। विभिन्न संस्था र समाजसेवीहरुबाट क्लबलाई नगद २१ लाख १८ हजार आर्थिक सहयोग प्राप्त भएको क्लवका कोषाध्यक्ष रमेश रेग्मीको भनाई रहेको छ।

नयाँ क्लवमा ७८ जना लायन सदस्यहरुलाई सपथ ग्रहण तथा पदस्थापन गराईएको क्लबका सचिव प्रद्युम्न पोखरेलले बताएका छन्। क्लवका अध्यक्ष लायन अजय खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीहरु लायन वालकृष्ण बुर्लाकोटी, लायन डिआर खनाल, लायन शुदर्शनधर प्रधानाङ, लायन्स क्लब कैलाशका अध्यक्ष अंकिता खनाल, लायन महाविर रिसाल र लायन प्रद्युम्न जोशी लगायतले शुभकामना मन्तव्य दिएका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ १९ गते मंगलवार ।