काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को कीर्तिमान कायम गरेका छन्। शनिवार आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५५ पल्ट रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका छन्

काठमाडौं महानगरपालिका वडा नंबर १० स्थित नयाँ बानेश्वर चोकमा आयोजित बृहत रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५५ औं रक्तदान गरेका हुन्।

डोटेली समाज काठठमाडौको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको हो। सो कार्यक्रममा काठमाडांैंमा रहेका डोटेली लगायत अन्य ७७ जनाले रक्तदाताहरुले जीवन उपयोगी अमूल्य रक्तदान गरेका थिए।


प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।