काठमाडौ। तीन बर्षको उमेरमा आमा गुमाएकी पत्रकार रोजिता बुद्धाचार्यलाई आमाको अनुहार पनि याद छैन्। त्यो बेला आमा चन्द्रमामा गएको भनेर नातागोता सवैले भन्दा हरेक रात चन्द्रमालाई हेरेर धेरैबेर टोलाउने गरेकी रोजिता ठूली भएपछि त्यो चन्द्रमामा जान पहिला विश्वकै अग्लो हिमाल सगरमाथा चढेर त्यहाँवाट फुट्ट उफ्रेर चन्द्रमामा पुग्ने बचपनदेखि आँट कस्सेको खुलासा गरेकी छन्।

त्यही आँट र साहसले यो बर्ष विश्वको उच्च हिमाल सगरमाथा चढ्न सफल भएको तर, चन्द्रमामा पुगेकी आमालाई चन्द्रमामा गएर भेट्ने लक्ष्य अझै पूरा नभएको कुरा गर्दा सवैजना अत्यन्त भावुक बनेका थिए। नेवाःपत्रकार राष्ट्रिय दबू काठमाडौ शाखाको चौथो बार्षिक साधारण सभामा सम्मान प्राप्त गरेपछि अभिव्यक्त गरेको यो भनाई सवैलाई प्रेरणादायी बनेको हो।

सम्मान कार्यक्रममा रोजितालाई पत्रकार दबू, काठमाडौं जिल्लाका अध्यक्ष नातिकाजी महर्जनले दोसल्ला ओढाए भने प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए।

नेवाःपत्रकार राष्ट्रिय दबू काठमाडौ जिल्ला उपाध्यक्ष बिराजकाजी राजोपाध्यायले दबूले पहिलो नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा पत्रिकाका प्रकाशक सम्पादक फत्तेबहादुर सिंहको नामबाट आगामी वर्षदेखि सिंह पत्रकारिता पुरस्कारको प्रदान गरिने घोषणा गरे। साथमा चाँडै नै नेवाः मिडिया कप फुटसल आयोजना हुने पनि राजोपाध्यायले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।