काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त श्रेष्ठ निजी विद्यालय सञ्चालक हुन। श्रेष्ठको ललितपुरस्थित हात्तीवनमा लिटिल एन्जल्स स्कूल तथा कलेज सञ्चालनमा रहेको छ। यसअघि, राज्यमन्त्री श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान)का संस्थापक अध्यक्षसमेत रहिसकेका छन्।

थुप्रै व्यवसायमा लगानी भएका राज्यमन्त्री श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको कोटावाट सांसद बनाएको हो। आइतवार नै सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई सपथ ग्रहण गराएका छन्। शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिएका छन्। देउवाले सर्वसाधारण सबैलाई खोप पुर्‍याउने गरी तत्काल काम थाल्न पनि निर्देशन दिए ।
प्रकाशन मिति–२०७८ साल साउन १० गते आइतवार ।