ललितपुर। कोही भोको बस्न नपरोस् र चिसोमा कोही सडकमा अलपत्र बस्न नपरोस् भन्ने पवित्र उदेश्यले स्थापित मानवसेवा आश्रमलाई सहयोग गर्ने कार्य भएको छ। ललितपुरको हरिसिद्धि हात्तिबनस्थित मानवसेवा आश्रममा पुगेर ललितपुर महानगरपालिका वडा नंबर ५ परिवारले सहयोग वितरण गरेको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा पुगेको वडा परिवारको तर्फवाट खाद्य राहत सामाग्री सहयोग वितरण गर्ने कार्य भएको छ। वडा अध्यक्ष श्रेष्ठले वडाको तर्फवाट मानवसेवा आश्रमलाई सक्दो सहयोग गरेको वताएका छन्। सहयोग वितरण कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठका साथमा वडा सदस्यहरु अशोक श्रेष्ठ, पूनम निरौला, शोभा श्रेष्ठ र मैया रिजालको सहभागिता रहेको थियो।

यसैगरेर, ललितपुर महानगरपालिका वडा नंबर ५ मा रहेका दुःखी–पीडितहरुलाई कोरोनाको महामारीमा वडाको तर्फवाट सक्दो सहयोग गर्दैआएको पनि वडा अध्यक्ष श्रेष्ठले वताएका छन्। मानवसेवा आश्रमले ललितपुर लगायतका देशका विभिन्न स्थानमा रोडमा अलपत्र परेका असहाय, अनाथ तथा दुःखी–गरीबहरुलाई आश्रय दिएर मानवसेवा गर्दैआएको छ।
प्रकाशन मिति–२०७७ साल पुस ३ गते शुक्रवार ।