ganesh-man-shing

काठमाडौ। नेपालका लौह पुरुष उपनाम पाएका नेपाली राजनीतिका शिखर पुरुष गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण भएको छ।

ललितपुरको जाउलाखेलमा नेता सिंहको पूर्णकदको शालिक सिंहकै पुत्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गरेका छन्।

वि.सं.२०४६ सालको जनआन्दोलनको नेतृत्व गर्ने अमर नेता गणेशमान सिंह अत्यन्त लोकप्रिय नेताका रुपमा चिनिएका छन्।

जसलाई पटक–पटक प्रधानमन्त्री बन्ने मौका तथा अवसर आउंदा पनि प्रधानमन्त्री पदलाई बेवास्ता गरेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने नेता सिंहको निष्ठाको राजनीतिलाई अझैपनि सवैले संझ्ने गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।