ललितपुर । विश्वविख्यात नेपाली इतिहासविद एवम् वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

शरीरमा अक्सिजन कमी भएपछि डा.जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको जानकारी डा.जोशीका भतिज अजरमान जोशीले दिएका छन्।

अजरमान जोशीका अनुसार, डा.जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । किताव पनि मज्जाले पढ्न थालेका छन्। एकदम फ्रेस पनि भएका छन्।

डा.जोशीलाई अझै एकसाता अस्पतालमा बस्नुपर्ने अस्पतालका चिकित्सकले बताएको जानकारी पनि अजरमान जोशीले दिएका छन्।

इतिहासविद डा.जोशी १०२ बर्षका हुन्। आगामी बैशाख महिनावाट १०३ बर्ष पुग्ने भएका छन्।

प्रकाशन मिति–२०७८ साल माघ २५ गते मंगलवार ।