ललितपुर । कोभिड–१९ को महामारीलाई न्यूनिकरण गर्ने एकमात्र उपाय भनेकै यस विरुद्धको खोप हो। पहिलो र दोश्रो मात्राको खोप लगाइसकेकाहरुलाई सरकारले तेश्रो बुस्टर खोप पनि लगाइदिने कार्य भैरहेको छ। जसको कारण तेश्रो लहरमा पुगिसकेको कोभिड–१९ को महामारी क्रमिक रुपमा न्यूनिकरण हुदैगएको छ।

संक्रमितहरुको संख्यामा पनि व्यापक कमी हुदैगएको तथ्याङ्कले पनि देखाइरहेको छ। सरकारले खोप अभियानलाई तिब्रता दिने कार्य भैरहेको छ। स्थानीय निकायका जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नताले यस कार्यमा प्रभावकारिता आएको छ। यसमा अग्रपंक्तिमा ललितपुर महानगरपालिका वडा नंबर ५ देखिएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा हुंदैगरेको कोभिड–१९ विरुद्धको खोप अभियानले सोमवार पनि निरन्तरता पाएको छ।

सोमवार महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा आयोजित कार्यक्रममा १२ बर्षभन्दा माथिका लागि पहिलो र दोश्रो खोप तथा दोश्रो खोप लगाएको ६ महिना पुगिसकेका सवैलाई बुस्टर खोप लगाउने कार्य भएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्। अध्यक्ष श्रेष्ठका अनुसार, करिब एक हजारजनालाई सवैखाले खोप लगाउने कार्य भएको छ।

प्रकाशन मिति–२०७८ साल फागुन १६ गते सोमवार ।