काठमाडौ। अमेरिका जस्तो विश्वको अति शक्तिशाली तथा बैभवशाली मुलुकमा विगत ९ बर्ष देखि निरन्तर नेपाली भाषाको नेपालको परिचय बोकेको पत्रिका विश्व सन्देश साप्ताहिक प्रकाशित हुंदै आएको छ। प्रवासमा नेपाली भाषाको अखवार  निरन्तर निकाल्नु र नेपाली तथा गैरनेपालीमाझ लोकप्रियता कमाउन सक्नु नै विश्व सन्देश साप्ताहिकको गौरबता हो।

bishwo-sandesh-weekly-1यस गौरबतासँगै अमेरिकी सरकारलाई बकाइदा कर तिरेर अमेरिकाका सडक किनाराहरुमा यो हप्तावाट न्यूज पेपर र्याक राखेर नेपालीभाषाी पत्रिका विश्व सन्देशलाई निःशुल्क वितरण गर्ने कार्य प्रारम्भ गरिएको यस पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक विजय पौडेलले बताएका छन्।

bishwo-sandesh-weekly-3

नेपालको चिनारी बनेको विश्वको उच्चशिखर सगरमाथा र नेपालमा जन्मेका शान्तिका अग्रदूत भगवान बुद्धको तस्वीर अंकित विश्व सन्देशको न्यूज पेपर र्याक न्यूयोर्क शहरमा ठडिन पुगिदा नेपाली तथा गैरनेपाली भाषीहरु पनि आकर्षित बन्न थालेका छन्।

bishwo-sandesh-weekly-4३६ पेजको कलर नेपाली पत्रिका अमेरिकामा प्रत्येक हप्ता पढ्न पाउंदा नेपालीहरु खुशी हुनु त स्वभाविक हो। साथमा गैरनेपालीहरुको पनि यस पत्रिका प्रतिको आकर्षणले यस पत्रिकाको सफलताको आंकन गर्न मिल्ने त्यहाँस्थित नेपालीहरुको भनाई रहेको छ। नेपाल लगायत विभिन्न मुलुकहरुमा समेत निक्कै डिमाण्ड रहेको यस पत्रिकालाई कालान्तरमा विश्वव्यापी नै बनाउने आफ्नो योजना रहेको यस पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक विजय पौडेलले बताएका छन्।

bishwo-sandesh-weekly-2प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।