ललितपुर । आगजनी, महाभूकम्प, बाढीपहिरो लगायतका विपदको बेला अपनाउनु पर्ने सावधानी तथा विपदको बेला गर्नुपर्ने सहयोग समयमा गर्न सकेमा धेरै क्षति हुनवाट बचाउन सकिन्छ।

यस संवन्धमा ललितपुर महानगरपालिका वडा नंबर १९ को आयोजनामा विपदको बेला अपनाउनु पर्ने सावधानी र त्यसको निराकरण संवन्धमा चार दिने विपद प्रतिकार्यका लागि सामुदायिक पहल नामक तालिम भएको छ। विपदको बेला अपनाउनु पर्ने सावधानी र त्यसको निराकरणका लागि गरिने कार्यहरुको प्राक्टिकली तालिम पनि प्रदान गरिएको आयोजक ललितपुर महानगरपालिका वडा नंबर १९ का वडा अध्यक्ष विनोद ताम्राकारले वताएका छन्। वडा अध्यक्ष ताम्राकारका अनुसार, वडा नंबर १९ का स्थानीय २४ जनालाई तालिम प्रदान गरिएको छ।

तालिममा रोशनी व्यञ्जनकार, प्रभुराम थापा, विष्णु वहादुर रोका, भक्तराम कोजु र सञ्जय तामाङले थ्योरिकल तथा प्राक्टिकल तालिम दिएका थिए। कार्यक्रमको संचालन अभिषेक ओझाले गरेका थिए। कार्यक्रममा इयु, युएनडीपी,एफएकसीएन लगायतको सहयोग रहेको थियो।
तस्बीर–लक्ष्मी श्रेष्ठ
प्रकाशन मिति–२०७८ साल भाद्र १३ गते आइतवार ।