काठमाडौं। नेपालमा संसद अर्थात प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ।

सम्मानित सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै ‍प्रचण्ड–माधव नेपाल समूहको नेकपा निकट विद्यार्थीहरु, विवेकशील साझा पार्टी तथा स्वतन्त्र युवाहरुले पनि विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो।

लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। गलत नजिर बन्नवाट जोगाउने कार्य सर्वोच्च अदालतवाट भएको भन्दै दीप प्रज्वलन कार्यक्रममा सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिने कार्य पनि भएको छ।

प्रकाशन मिति–२०७७ साल फागुन ११ गते मंगलवार ।