काठमाडौं। काठमाडौंमा सडक क्षमताभन्दा बढी सवारी साधन बृद्धि भएको कारण दिनानुदिन ट्राफिक जाम भैरहेको छ। बढ्दो सवारी साधनलाई नियोजन गर्नुभन्दा नयाँ ठूला सवारी साधनको चौतर्फी बृद्धि गरिएपछि अझ ट्राफिक जाममा बृद्धि भएको ठहर भएको छ। यस्तो ट्राफिक जाममा विरामी वोकेका एम्बुलेन्सहरु पनि पर्दा विरामीहरुलाई इन्तु न चिन्तु हुने गरेको पाइएको छ।

विशेष गरेर अचेल धेरै नै सवारीको ट्राफिक जाम कमलपोखरीचोक देखि नक्साल, टंगाल तथा भाटभटेनीमा अत्याधिक नै हुने गरेको छ। भाटभटेनीमा त अझ चाहिने भन्दा बढी नै ट्राफिक जाम हुने गरेको छ। यसको प्रमुख कारणमा भाटभटेनी सुपरमार्केटमा सवारी साधन लिएर सपिङ गर्नेहरुको कारण पनि हो।

यस स्थानमा अफिस आवर या अफर आवर जुनसुकै समयमा पनि ट्राफिक जाम भैरहने गरेको पाइएको छ। यो बाटो भएर टिचिङ अस्पतालमा विरामी लाने एम्बुलेन्स पनि धेरै गुड्ने भएकोले ती एम्बुलेन्सहरु पनि ट्राफिक जाममा फस्दा ट्राफिकहरुलाई पनि तनाब हुने गरेको पाइएको छ।

मंगलवार सांझ ६ बजेतिर पनि विरामी वोकेको गन्तव्य यातायात सहकारीको एम्बुलेन्स ट्राफिक जाममा मज्जाले फस्यो। जति साइरन बजाएपनि सवारी साधनको चेपुवामा पर्दा ट्राफिकलाई त्यस एम्बुलेन्सलाई त्यो चेपुवाबाट अगाडि बढाउन समय लागेको थियो। ट्राफिक जामको न्यूनिकरण गर्न नयाँ सोच र उपाय अपनाउन ट्राफिक प्रहरी तथा संवन्धित निकायलाई सर्वसाधारणको अनुरोध रहेको छ।

प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।