काठमाडौं । जापानले नेपाली कामदार करिब ४० हजार लिने भएको छ। वैदेशिक रोजगारीका लागि अत्यन्त आकर्षक गन्तव्य मानिएको जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने भएपछि ४० हजार कामदार नेपालवाट लिने भएको हो।

जापान सरकारले मंगलबार विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै ९ देशबाट विदेशी कामदार लैजाने भएको हो। जापान सरकारले गरेको नयाँ नीति अनुसार कामदार जान पाउने मुलुकमध्ये नेपाल पनि जापानको उच्च प्राथमिकतामा परेको छ। जापानले नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट कामदार लैजाने भएको हो।

कामदार संकट गहिरिएपछि जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो। तर नयाँ कामदार भर्नाको प्रक्रिया भने द्विपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार भित्र्याउने तयारी गरेको छ ।

जापान सरकारको यस नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी  छन्।

प्रकाशन मिति–२०७५ साल पुष १२ गते विहीवार ।