काठमाडौं। रमेश विकल साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका शिर्षस्थ ब्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। शनिवार आयोजित बिशेष कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

त्यसरी पुरस्कार तथा सम्मान पाउनेहरुमा क्रमशः रमेश विकल वाङ्गमय पुरस्कार डा.राजेन्द्र विमल, रमेश बिकल सुशीला समाज सेवा पुरस्कार स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य,रमेश बिकल सृजना पुरस्कार पुरूषोतम् सुवेदी,रमेश बिकल बालसाहित्य पुरस्कार सुशीला प्रधानाङ्ग,रमेश बिकल सुशीला सङ्गघर्षशील नारी सेवा पुरस्कार लक्ष्मी शर्मा र रमेश बिकल संगीत पुरस्कार अच्युत राम भण्डारी रहेका छन्।

पुरस्कार तथा सम्मान संस्कृत,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र प्रसाद अधिकारीले प्रदान गरेका थिए। पुरस्कार तथा सम्मान वितरणको सभापतित्व प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा भएको थियो।

यसै सिलसिलामा शनिवार नै बागबजार काठमाडौ–२८ मा ड्रिमप्वाईन्ट एजुकेसनल ट्रेनिङ्ग इन्स्टिच्युट,रजनिस ट्रेनिङ्ग कन्सल्टटेन्ट प्रालि र सम्भव छ नेपालद्वारा संयुक्तरूपमा आयोजित बिशेष रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई मातृभूमि सेवा सम्मान–२०७५ प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले उक्त सम्मान कर्माचार्यलाई प्रदान गरेकी थिइन्।

प्रथम पटक आयोजित उक्त रक्तदान कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिएको कार्यक्रमको सभापतित्व शंकर कुमार प्रधानले गरेका हुन्।
प्रकाशन मिति–२०७५ साल पुस १५ गते आइतवार ।