काठमाडौं। नेपाललाई हस्पिटालिटी हब बनाउने ठूलो भिजन र मिसनमा रहेका नेपालका चर्चित हस्पिटालिटी ट्रेनर विलास खत्रीले पनि विभिन्न तालिम कार्यक्रम आयोजना गरी हस्पिटालिटी क्षेत्र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पु-याउँदै आएका छन् । हस्पिटालिटी हब प्रालि नेपालका फाउण्डर तथा प्रबन्ध निर्देशक खत्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत हस्पिटालिटीसम्बन्धी विभिन्न तालिम प्रदान गर्दै आएका हुन।

एसियाज मास्टर अवार्ड इन हस्पिटालिटी म्यानेजमेन्ट अफ द इयर २०२१÷२०२२ बाट सम्मानित खत्रीले स्वदेश तथा विदेशका होटल व्यवस्थापन तथा हस्पिटालिटीसँग सम्बन्धित कलेजका हजारौंलाई तालिम प्रदान गरिसकेका छन् । पर्यटनसँग सम्बन्धित आतिथ्य क्षेत्रका साथै विभिन्न अध्ययन अनुसन्धानमार्फत् उनले प्राप्त गरेको ज्ञानबाट धेरै मुलुक लाभान्वित भएका छन् । उनी नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरीलगायतका भाषामा प्रस्तुति दिने क्षमता राख्छन्।

अर्गनाइजेशन, कम्युनिकेशन, क्यापासिटी विल्डिङ, टाइम म्यानेजमेन्ट, एडभान्स रिसर्च र विहाविहोरल क्षमताका खत्रीसँग भारतको कोलकातास्थित ताज बंगाल, मुम्बईस्थित विजेएन ग्रुप अफ होटल्स, होटल पान एसिया कन्टिनेन्टल, काठमाडौंको होटल एल्लो प्यागोडा, क्वायर लिंक्स प्रालिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटल र हस्पिटालिटीसँग सम्बन्धित कलेजहरूसँग काम गरेको अनुभव रहेको छ । उनले ‘द गोल्डेन रुल्स अफ हस्पिटालिटी, ए कल्चर अफ केयर, टिम बिल्डिङ र लिडरसिप, सञ्चार र अन्तरव्यक्तिगत कौशल, व्यक्तित्व विकास, ग्राहक हेरचाह, सेवा र अनुभव तथा होटल व्यवस्थापनलगायत तालिम प्रदान गर्दै आएका छन्।

व्यावसायिक सफलताका लागि व्यावसायिक दक्षता आवश्यक हुन्छ । जुन निरन्तरको अध्ययन, अनुसन्धान, तालिम र प्रत्यक्ष संलग्नताबाट मात्रै सम्भव हुन्छ । पढेर, परेर र कार्यक्षेत्रमा खटिएरमात्रै सम्बन्धित क्षेत्रमा विज्ञता र दक्षता हासिल गर्न सकिन्छ । दक्षतामा अझै निखार ल्याउन सम्बन्धित क्षेत्रका विज्ञबाट पुनर्ताजगी तालिम अत्यन्त आवश्यक रहेको खत्रीको जिकिर रहेको छ। सोहीक्रममा पछिल्लो समय आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हस्पिटालिटी संवन्धी तालिम दिने कार्यलाई निरन्तरता दिदैआएको खत्रीले बताएका छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र १८ गते शनिवार ।