काठमाडौ। क्रिश्चियन धर्मका संस्थापक महान प्रभु ख्रीष्टको जन्मदिनको अवसरमा विश्वभर क्रिसमस पर्व मनाउने कार्य भएको छ। क्रिश्चियन धर्माबलम्वी तथा गैर–क्रिश्चियनहरुले पनि क्रिसमस पर्वलाई अत्यन्त रमाइलोसंग मनाउने गरेको छ।

एक आपसमा सदभाव तथा शुभकामना व्यक्त गरेर क्रिसमस मनाउने परम्पराले एकता तथा आत्मविश्वासमा अभिबृद्धि गर्ने गराइएको छ। नेपालमा पनि यो पर्व विभिन्न कार्यक्रम गरेर सवैले आफ्नै शैली र परम्परामा मनाउने कार्य भएको छ। शुभकामना तथा उपहार बाँड्ने जस्ता कार्य नेपालीहरुले पनि गरेको पाइयो।

यसैक्रममा जीवन बीमा कंपनीमा नेपालमा अग्रता हासिल गरेर सवैको विश्वास जितिरहेको विश्व प्रसिद्ध जीवन बीमा कंपनी मेटलाइफमा पनि क्रिसमसलाई रमाइलो गरेर मनाउने कार्य भएको छ। मेटलाइफका अभिकर्ताहरुले एक आपसमा शुभकामना तथा उपहार बाँडेर यो पर्वलाई रमाइलो गरेर मनाएका छन्।

मेटलाइफको काठमाडौको थापाथली कार्यालयमा सान्ताक्लज बनेर प्रवेश गरेर मेटलाइफ अभिकर्ता साहिल जैसवालले सवैलाई रमाइलो बनाउने कार्य भयो। जसवाट थापाथलीका मेटलाइफ अभिकर्ता परिवार तथा बच्चाहरु अत्यन्त खुशी बनेको देखियो। अर्कोतर्फ सान्ताक्लज साहिलले बच्चाहरुलाई चकलेट तथा गिफ्ट दिदा त्यहाँ उपस्थित सवै बच्चाहरु खुशी भएको पाइयो।

मेटलाइफ तारा टिमका मेनेजेर ताराप्रसाद कसजुले उपस्थित सवैलाई हरेक पर्वले बेग्लै ऊर्जा दिने गरेको तथ्य प्रकाश पार्दै शुभकामना व्यक्त गर्दै विभिन्न रोचक प्रस्तुति प्रस्तुत गरेका थिए। साथमा नीता मास्के, सरिता नेम्कुल लगायतका टीम मेनेजर तथा मेटलाइफ एक्जुकेटिभ आशिष राजकर्णिकारले शुभकामना व्यक्त गरेका थिए।


प्रकाशन मिति–२०७४ साल पुष १० गते सोमवार ।