काठमाडौं। नेपालको पहिलो सुविधा सम्पन्न संपदा मैत्री भएको विजनेस भवन महर्जन कम्पलेक्स यतिखेर विश्वव्यापी चर्चाको शिखरमा रहेको छ। नेपालको संपदालाई जीवन्त बनाउने भवनको रुपमा युनेस्कोले समेत प्रशंशा गरेको महर्जन कम्पलेक्स नेपालको राजधानी काठमाडौंको पनि राजधानी न्यूरोडमा रहेको छ।

न्यूरोडमा रहेको संपदा मैत्री विजनेस कम्पलेक्स महर्जन कम्पलेक्सको गत सातावाट बुकिङ समेत शुरु भैसकेको छ। ६० वटा पसल कवल भएको महर्जन कम्पलेक्सको बुकिङमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको अत्याधिक चासो बढेको जानकारी महर्जन विजनेस एसोसियट (महर्जन कम्पलेक्स)का अध्यक्ष कृष्णलाल महर्जनले भिजन संसार डटकमलाई दिएका छन्। अध्यक्ष महर्जनका अनुसार, एक सातामा पचास प्रतिशतभन्दा बढी पसल कबलहरुको बुकिङ भैसकेको छ।

यही असार महिनाभित्र शुभारम्भ गरिने लक्ष्य राखिएको महर्जन कम्पलेक्समा पसल कबल बुक गरेर खरिद गर्नेहरुलाई त्यहाँको स्वामित्व स्वरुप लालपूर्जा नै दिइने जानकारी पनि अध्यक्ष महर्जनले भनेका छन्। जसवाट राजधानीको राजधानी न्यूरोडमा सम्पति जोड्न चाहनेहरुको लागि यो एउटा अत्यन्त राम्रो अवसर पनि भएको छ।

विभिन्न बाधा–अड्चन तथा मुददा मामिलावाट पूर्णतया मुक्त भएर बुकिङमा पुगेको महर्जन कम्पलेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले २२ नोभेम्बर २०१७ को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको भनेर तारिफ गरिएको छ। युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो समेत भनिएको छ।

व्यापक चर्चा तथा परिचर्चाको कारण विश्वविख्यात बनेको महर्जन कम्पलेक्सको ८० प्रतिशतभन्दा बढी निर्माण संपन्न भैसकेको छ। असारसम्म पूर्णरुपमा निर्माण संपन्न भएर संचालनमा आउने भएको छ। लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने शहरको सूचीमा राखेको काठमाडौंको केन्द्र न्यूरोडमा रहेकाले उक्त कम्प्लेक्समा स्पेस किन्न लगानीकर्ता उत्साहित भएको पनि महर्जन कम्पलेक्सका अध्यक्ष कृष्णलाल महर्जनको भनाइ रहेको छ।

‘काठमाडौंको इन्द्रचोक, न्युरोड जस्ता ठाउँ नेपालको मात्र होइन विश्वकै गन्तव्य हो । त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना जो कोहीमा हुन्छ । एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय पनि हो,’ महर्जन भन्छन्, ‘छोटो अवधिमै यति धेरै संख्यामा कबल बुकिङ हुनुको पछाडि यही नै मुख्य कारण हो।’

अध्यक्ष महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ। भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ।कम्प्लेक्सको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ। कम्प्लेक्सको बाहिरी ढोका काठका र परम्परागत शैलीका छन् । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको अध्यक्ष महर्जनको दावी रहको छ।

भूकम्पीय सुरक्षाका दृष्टिले अत्यन्तै बलियो संरचनामा निर्माण भएको कारण महर्जन कम्पलेक्सलाई नौ रेक्टरको भूकम्पले पनि केही विगार नगर्ने अध्यक्ष महर्जनको जिकिर रहेको छ। न्यूरोडमा पुस्तेनी फेन्सी पसल संचालन गर्दैआएका कृष्णलाल महर्जनका पिता कर्मलाल महर्जनले पचास बर्ष अघि देखेको सपना पूरा गरेको खुलासा अध्यक्ष महर्जनले गरेका छन्।

महर्जनका अनुसार, बिसं २०२४ साल तिरको कुरा हो। पिता कर्मलाल महर्जनले बिसं २०१७ सालवाट न्युरोडमा फेन्सी पसल संचालन गर्दैआउंदा राणाजीले हाल निर्माणाधिन महर्जन कम्प्लेक्सको जग्गा किन्न आग्रह गरेका थिए। त्यतिबेला खै किन हो वुवाले त्यो जग्गा किन्नु भएन र बुवाको त्यो अधुरो सपना हामीले ५० वर्षपछि पुरा गरेका छौ भनेर अध्यक्ष महर्जनले भिजन संसार डटकमलाई भनेका छन्।

कर्म नै जीवन हो, कर्म नै सबैभन्दा ठूलो धर्म हो भनेर आजिवन कर्ममा लाग्न सक भनेर सदा प्रेरणा दिने वुवाको सपना पुरा गर्न सफल भएकोमा अत्यन्त गर्ब लागेको पनि महर्जनले बताए। महर्जन परिवारको तीनपुस्तासंग यो भवनमा साइनो गासिएको छ। बिसं २०७२ सालमा तत्कालिन क्रिष्टल होटलको नाममा रहेको करिब २० आना जग्गा १ सय करोडभन्दा बढी मूल्यमा खरिद गरी महर्जन कम्पलेक्सको निर्माण प्रारम्भ भएको हो। निर्माण संपन्न हुंदासम्म अढाई सय करोड लागत पुग्ने जानकारी पनि महर्जनले दिएका छन्।

महर्जन कम्पलेक्समा जापानको हिरोसिमा विश्वविद्यालयमा प्राध्यापन पेशामा रहेका अध्यक्ष महर्जनका दाजु प्रा.डाक्टर केशवलाल महर्जन,र भाइ किरणलाल महर्जन परिवारको अथक प्रयासबाट जोडेको यो सम्पत्तीले न्युरोड घुम्न आउने पर्यटक र नेपालीको आकर्षण तथा गौरबको प्रतिक बन्ने निश्चित भएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २४ गते आइतवार ।