Metlife Nepal 2काठमाडौ। नेपालमा विगत पन्ध्र बर्षअगाडि देखि विश्वव्यापी जीवन बीमा सेवा प्रदान गर्दै आएको मेटलाइफ दुई स्टिभ अवार्डवाट सम्मानित बनेको छ। द इन्टरनेशनल विजनेस अवार्डले प्रदान गरिएको एनुअल इन्टरनेशनल विजनेस अवार्डको दुईवटा विधामा मेटलाइफ सम्मानित बनेको हो।

स्वस्थ र सुन्दर जीवनका लागि एसियाका महिलाहरुलाई सहयोग गरेकोमा मेटलाइफ बेस्ट न्यू प्रोडक्ट अर सर्भिस अफ द इयरको गोल्ड स्टिभ विनर बन्न सफ भएको हो। त्यसैगरेर मस्ट इनोभेटिभ कंपनी अफ द इयर इन एसिया, अष्ट्रेलिया एण्ड न्यूजिल्याण्डको ब्रोन्ज स्टिभ विनर बन्न पनि मेटलाइफले सफलता पाएको छ।

Metlife Nepal 1द इन्टरनेशनल विजनेस अवार्ड विश्वकै सवैभन्दा ठूलो विजनेस अवार्ड कार्यक्रम हो। मेटलाइफले नेपाल लगायत विश्वका झण्डै ५० भन्दा बढी मुलुकका १ सय मिलियन ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।