Bisket Jatra 1काठमाडौ। भक्तपुरको विश्व प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आज सोमवारबाट सुरु भएको छ । आजवाट भक्तपुरमा विस्केट जात्राको रौनकता बढ्ेको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गर्दछ।

आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलमा तानेर लैजाने परम्परा रहेको छ ।

यसैबीच जात्रामा हुने सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी गरेको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका घर तथा सार्वजनिक पाटीपौवामा समेत क्षति पुग्ने भएकाले त्यसलाई रोक्न समेत दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताएका छन्।

Bisket Jatra 2प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।