पर्सा । वीरगञ्जमा आइसोलेसन कक्ष पर्याप्त नहुँदा अझै पनि ४८ जना कोरोना संक्रमित घरमै बसिरहेको अवस्था रहेको छ। जसलेगर्दा समस्या उत्पन्न भैरहेको वर्तमान अवस्थालाई मध्यनजर गरेर वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले आइसोलेसनका लागि न्युनतम मूल्यमा होटल दिने घोषणा गरेका छन् ।

कोभिड अस्पताल बनाउन समय लाग्न सक्नेतर्फ संकेत गर्दै उनीहरुले होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि)ले आइसोलेसन बनाउन एट्याच ट्वाइलेट–बाथरूम भएको होटलका २ सय बेड उपलब्ध गराउन सक्ने भनेका छन्। ४ जना व्यवसायी आइसोलेसनका लागि होटल दिन तयार भएको पनि जनाइएको छ । २ सय बेड जति व्यवस्थापन गर्न पनि सकिने भनिएको छ।

तत्काल आइसोलेसन बेडलगायत भौतिक पूर्वाधार निर्माणका लागि खर्च र समयको व्यवस्थापन असम्भव देखिएकाले आफूहरु यस्तो निर्णयमा पुगेको व्यवसायीहरुको भनाइ छ । यसरी बनाइने आइसोलेसन सेन्टर स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको सहमति र निगरानीमा रहने गरी स्थापना र सन्चालन हुनुपर्ने शर्त प्रशासनको छ।
प्रकाशन मिति–२०७७ साल साउन १४ गते बुधवार ।