–सुनकुमार अवाल (मेकअप आर्टिष्ट)
काठमाडौं। कसैलाई हेरिरहंदा पनि हेरिरहुँजस्तो वनाउने गर्दछ। त्यसरी नजानिदो किसिमले आकर्षण बढाउने कार्य गर्ने कलालाई श्रृंगार अर्थात मेकअप हो। श्रृंगार शब्दको प्रयोग सामन्यतः मेकअप तथा ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ ।

सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ। यसमा मेहेन्दी, आभूषण, केस–विन्यासदेखि मुस्कानसम्म पर्छ।श्रृंगारको स्नानवाट हुने गर्दछ। शारीरिक स्नान पछि नै श्रृंगारको शुभारम्भ हुन्छ। शरीरलाई स्नानवाट पूर्णतया सफा गरेपछि मात्र श्रृंगारको शुरुवात हुन्छ। स्नान पश्चात बस्त्रको कुरा आउंछ।

बस्त्र बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन हुन्छ। प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे। कालान्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे। यसरी बस्त्र सौन्दर्यकै प्रमुख पाटोको रुपमा विकास भएको हो। श्रृंगारमा शरीर सुहाउंदो बस्त्र पहिरन गर्नु अत्यावश्यक छ। यसले सुन्दरतामा थप चाँद बढाउंछ।

शरीर सुहाउंदो बस्त्र पहिरन पश्चात त्यो बस्त्रलाई म्याचअप हुनेगरी हार लगाउनु राम्रो हुन्छ। हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो। गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केही हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ।

टीका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ। खुला अनुहारमा एउटा बिन्दी अर्थात टीकाले त्यो अनुहारको सौन्दर्यमा थप उज्यालो प्रदान गर्ने कार्य हुन्छ। आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ। काजल विना नारी सौन्दर्यको खासै अर्थ हुंदैन। यसले गर्दा पनि काजलको महत्व अत्यन्त रहेको छ।

श्रृंगारको कुरामा अधरंजन पनि महत्व छ। ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केही रंग प्रयोग गरिन्छ। प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो। नथी अर्थात नाकको सुन्दरता बढाउन नाक छेडेर नथ अर्थात नथी लगाउने केही जातिय परम्परामा रहेको छ।

सवै जातले नथी लाउने भने गरिएको पाइदैन। अव पालो केस सज्जा नै हो। केस सज्जा भनेको हेयर स्टाइल हो। हेयर स्टाइल अनुहार अनुरुप गर्न र गराउन सकिन्छ। हेयर स्टाइल पश्चात कमरबन्ध अर्थात कमरको सौन्दर्य पनि हो। कमरबन्धलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ। जसवाट कमरलाई चित्ताकर्षक वनाउने गर्दछ।

कमर पछि चरणराग अर्थात खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ। जुन प्राचिन परम्परालाई वर्तमान समयमा पनि प्रयोग गर्ने गरिएको छ। साउन महिनामा त अझ मेहेन्दी लगाउने सामाजिक परम्परा जस्तै भैसकेको छ। यसले नारी सौन्दर्यतामा थप आकर्षण बढाएको छ। थप नारी सुन्दरतामा शील, लज्जा, मधुरवाणी, दृढता,सरल स्वभाव, पतिव्रता,सन्तोष,सुहृदय, विनय, क्षमा, हृदयको शुद्धता र सेवाभाव पनि हो।


प्रकाशन मिति–२०७७ साल भाद्र २ गते मंगलवार ।