काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनमा बेखर्ची बनेका संगीतकर्मीहरुलाई नेपाल सांगीतिक संघले थोरैभएपनि राहत दिने भएको छ।

नेपाली संगीतसंग आवद्ध गायक–गायिका, गीतकार, संगीतकार, बाद्यवादक, एरेञ्जर, रेकर्डिष्ट तथा नृत्यकारहरुलाई नेपाल सांगीतिक संघले राहत दिने भएको हो।

दुई महिनाभन्दा बढी लकडाउनमा रहदा काम नहुंदा सवैलाई परेको मर्कालाई मध्यनजर गरेर थोरै भएपनि राहत वितरण गर्न लागेको संघका अध्यक्ष मिलन मोक्तानले भिजन संसार डटकमलाई बताएका छन्।

अध्यक्ष मोक्तानले शिघ्र संगीतकर्मीहरुलाई संघका पदाधिकारीहरुलाई संपर्क गरेर राहत सहयोग लिन पनि अनुरोध गरेका छन्।

संघको कार्यालयमा संगीतकर्मीहरुका लागि राहत सहयोग आफूहरुले तयार गरिसकेको जानकारी पनि अध्यक्ष मोक्तानले दिएका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ २२ गते विहीवार ।