–सुनकुमार अवाल

काभ्रे। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर– ५ सल्लेबासमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ। स्थानीय युवाहरुले सल्लेबासमा गौतम बुद्धको प्रतिमा राखिने भएको हो।

स्थानीय समाजसेवी कुमार डोटेलका अनुसार, बुद्धको प्रतिमाकालागि सहयोग गर्न सबैसंग युवाहरुले आग्रह समेत गरेका छन्। राजु लामाको संयोजकत्वमा ११ सदस्य रहेको आर्थिक समिति समेत बनाएका छन् ।

५ हजार रुपैयाँ नगद वा सो भन्दा बढी रकम तथा निर्माण सामाग्री सहयोग गर्नेको नाम शिलालेखमा राखिने समेत जानकारी स्थानीय समाजसेवी डोटेलले दिएका छन्। बुद्धको प्रतिमा जमिनबाट ११ फिट उचाईको हुने डोटेलको भनाई छ।
प्रकाशन मिति–२०७७ साल जेठ २२ गते विहीवार ।