काठमाडौं। नेपाली चलचित्र उद्योगमा परिकी रानी उपनामले चर्चित नायिका सम्झना खड्काको गएरातिदेखि फेसबुक ह्याक भएको छ। ह्याकरले नायिका खड्काको फोटो र नाम हटाएर सोही एकाउन्टमा लोला डेमोलेस नाम राखेर त्यस ह्याकरले आफ्ना तथा परिवारका फोटो राखेका छन्।

नायिका सम्झना खड्काका प्राय साथीहरुले त्यस ह्याकरलाई किन अर्काको फेसबुक आइडी ह्याक गरेको भनेर प्रतिप्रश्न गरिरहेका छन्। तर, त्यस ह्याकरले कुनै जवाफ दिएका छैनन्। नायिका खड्काको श्रीमान अमृत लामाले पनि त्यस ह्याकरलाई उजुरी गरिसकेका छन्।

नायिका खड्काले पनि फेसबुकको आधिकारिक अफिसमा त्यस ह्याकिङप्रति उजुरी गरिसकेको बताएकी छन्। अचानक त्यसरी फेसबुक ह्याक गरिदा आफूलाई साह्रै तनाब भएको र त्यस ह्याकरवाट यदि कुनै फोटो र मेसेज आएमा इगनोर गर्न पनि नायिका खड्काले अनुरोध गरेकी छन्।

प्रकाशन मिति–२०७७ साल जेठ २३ गते विहीवार ।