काठमाडौं। नेपाली फिल्ममा सुपरस्टार भुवन केसी हो भने, नेपाली राजनीतिमा सुपरस्टार दीपक केसी हो भन्ने भनाई र मान्यता हिजोका दिनमा थियो । र आजको दिनमा पनि रहेको छ। नेपाली राजनीतिका सुपरस्टार दीपक केसी काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष छन्।

नायक भुवन केसी जस्तै फिल्मीस्टाइलमा ड्रेसअप गर्न रुचाउने अनि कलाकारहरुलाई सम्मान गर्ने काठमाडौं महानगरपालिका वडा ३ का जनप्रिय वडा अध्यक्ष काठमाडौं महाराजगञ्जका स्थायी वासिन्दा हुन। उनै नेपाली राजनीतिका सुपरस्टार दीपक केसीका विद्यार्थीकालिन शिक्षक शिवहरि खनालको भनाइमा दीपक केसी विद्यार्थी समयदेखि लिडर स्वभावका थिए।

बाँसबारी माध्यमिक विद्यालयमा कक्षा ५ सम्म राजा स्व.बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता शिवहरि खनालको प्रिय विद्यार्थीका रुपमा रहेका दीपक केसीलाई त्यहीबेला नै यो केटोले भविष्यमा केही गरेर देखाउंछ भनेर खनालले भनेका थिए। नभन्दै काठमाडौं महानगरपालिकामा दुईपल्ट वडा अध्यक्ष बनेर जनसेवामा निरन्तरता दिइरहेका छन्।

पढाईमा पनि मेधावी भएको कारण आफ्नो प्रिय विद्यार्थी भएको तत्कालिन शिक्षक शिवहरि खनालले भिजन संसार डटकमलाई जानकारी दिएका छन्। यतिखेर जनप्रतिनिधिको रुपमा काठमाडौं महानगरपालिका वडा नंबर ३ मा जन–जनको सेवा गर्नमा निरन्तरता दिइरहेकोमा आफूलाई अत्यन्त गर्ब लागेको पनि खनालले भनेका छन्।

दीपक केसी पनि  विद्यालयको शिक्षक शिवहरि खनालप्रति नतमस्तक नै देखिन्छ। जहाँ जता भेटेपनि मेरो गुरु भनेर सम्मान दिने गरेका छन्। एक शिक्षकका लागि यो जतिको सम्मान अरु नहुने प्रतिक्रिया पनि शिवहरि खनालको रहेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ २३ गते विहीवार ।