Upendra Yadav]काठमाडौ। संघीय गठबन्धनको संयोजकबाट संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादव आउट भएको छ । राष्ट्रिय जनता पार्टीको कार्यालयमा बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सो पदमा सर्वसम्मत चयन गरिएको छ।

हाम्रा मुद्दाहरुलाई अझ उचाईका साथ निष्कर्षमा पुरयाउन एवं संघर्षका कार्यक्रमहरु अगाडि बढाउनको निम्ति आजकै मितिबाट संघीय गठबन्धनको संयोजकमा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ भनेर सो गठवन्धनले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

संघीय गठबन्धनले अगाडि सारेका मुद्दा एवं सरकारसँग भएको सहमति बमोजिम अवलम्बन संविधान संशोधन गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसके संघीय गठबन्धन आन्दोलनका कार्यक्रमहरु अविलम्ब घोषणा गर्न बाध्य हुने चेतावनी नवनियुक्त संयोजक ठाकुरले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

संघीय गठबन्धनको निर्णय,मूल्य,मान्यता,सिद्धान्त विपरित संघीय गठबनधनका तत्कालीन संयोजक यादवले मधेशी,थारु,आदिवासी,जनजाति,सिल्पी (दलित) ,मुस्लिम उत्पीडित लगायतका समुदायको मुद्दाहरु सिर्जन गरेको,आत्मसमर्पणको कित्तामा गएको,संविधान संशोधन विना जनतालाई धोका दिएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको आरोप यादव माथि लगाइएको छ ।

ती आरोपका आधारमा यादवलाई संघीय गठबन्धनको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
प्रकाशन मिति–२०७४ साल बैशाख २३ गते शनिवार ।