Chinese Divorce

बेइजिङ। सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चीनिया जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ भएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चीनिया जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको एसपिसी वरिष्ठ अधिकारी डु वान्हुआले बताएका छन्।

डुका अनुसार पारिवारिक विवादको राम्रो मध्यस्थताको लागि अदालतका अधिकारीहरुले सामाजिक विज्ञान र मनोविज्ञानको अध्ययन गर्नुपर्ने आवश्यक रहेको समेत भनेका छन्। सन् २०१५ मा नागरिक मामिला अधिकारीमार्फत ३१ लाख ५० हजार चीनिया जोडीको सम्बन्धविच्छेद गराएका थिए ।

त्यसैगरी सन् २०१४ मा २९ लाख ६० हजार चीनिया जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ।

Chinese Divorce.1प्रकाशन मिति–२०७३ साल चैत्र १४ गते सोमवार ।