ललितपुर। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनले गर्दा विपन्न बर्गलाई भन्दा अझ बढी समस्या अपाङ्गता भएका व्यक्तिहरुलाई परिरहेको छ।

सरकारले दिएको राहत पनि अपाङ्गता भएका व्यक्तिहरु लाइनमा बसेर लिन जान नसकेको विद्यमान अवस्थालाई मध्यनजर गरेर नेपाली चलचित्रकी समाजसेवी अभिनेत्री अनिता केसीले नयाँ बर्ष २०७७ को पहिलो दिन आज बैशाख १ गते अपाङ्गता भएका व्यक्तिहरुको लागि सक्दो राहत प्रदान गरेकी छन्।

अपाङ्ग मैत्री नेपालका अध्यक्ष तथा अपाङ्ग अधिकारकर्मी काजीलाल श्रेष्ठ मार्फत अभिनेत्री केसीले सक्दो राहत उपलव्ध गराएकी हुन। जसमा कम्तिमा पनि ७ अपाङ्गता भएको परिवारलाई पुग्ने दाल,चामल, नून, तेल, चीनी तथा विस्कुट लगायत खाद्यान्न सामाग्री अभिनेत्री केसीले कुपण्डोल सानेपा स्थित निवासवाट अपाङ्ग अधिकारकर्मी काजीलाल श्रेष्ठलाई हस्तान्तरण गरेर पठाएकी छन्।

अपाङ्गअधिकारकर्मी काजीलाल श्रेष्ठले अभिनेत्री केसीले प्रदान गरेको राहत सामाग्री चारपाङ्ग्रे स्कुटरमा राखेर लकडाउनको बर्तमान अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुको घर–घरमा पुर्याउन जाँदैगरेको भिजन संसार डटकमलाई बताएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।