Supreme Court of Nepalकाठमाडौ। नेपालमा प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले १५ दिनभित्र लिखितरुपमा कारण पेस गर्न सरकारको नाममा आदेश दिएको छ।

डीआईजी नवराज सिलवालको रिटमाथि बुधबार भएको सुनुवाइपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो । सरकारको जवाफ आएपछि पूर्ण इजलासमा सुनुवाइअघि बढाउने निर्णय पनि अदालतले गरेको छ।

गत सोमबार राति मन्त्रिपरिषदको बैठकले कार्यसम्पादन मूल्यांकनको आधार भन्दै प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो। महानिरीक्षकका अर्का दाबेदार सिलवालले सर्वोच्चको परमादेशको पालना नभएको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशन मिति–२०७३ साल चैत्र ३० गते बुधवार ।