काठमाडौं। बरिष्ठ सञ्चारकर्मी केके मानन्धरको अगुवाईमा भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको हो।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम आयोजना गरेको बताए। तालिम कार्यक्रमले सार्वजनिक रूपमा बोल्न नसक्ने प्रशिक्षार्थीहरूको सिलसिला मिलाएर बोल्ने शैलीको विकास भएको पनि खुलासा अध्यक्ष खर्बुजाले गरेका छन्।

सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको तालिम कार्यक्रमलाई ईन्दिरा प्रजापतिले संयोजन गरेकी हुन्। क्षमता अभिवृद्धि तालिम कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो।

प्रकाशन मिति–२०७८ साल असोज १ गते शुक्रवार ।