हेटौडा। संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले खेलकुद देखि सामाजिक सेवासम्मको कार्य गरेको छ। शुक्रवार हेटौंडामा बागमती प्रदेश सरकारले खेलकुददेखि सामाजिक सेवासम्मको कार्य गरेको हो।

यस कार्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यको अत्यन्त व्यस्तता देखियो। संविधान दिवस मनाउने क्रममा मन्त्री डा.शाक्यको शुक्रवार खुल्ला व्याटमिन्टन प्रतियोगिताको उदघाटन गर्ने कार्यदेखि मानवसेवा आश्रममा रहेका करिब २ सयजना असहाय तथा अनाथहरुका लागि फलफूल वितरण गर्ने कार्यसम्म दौडधुप भयो।

विहान हेटौंडा खेलस्थलमा ३० जनाभन्दा बढी खेलाडीहरुको प्रतिस्पर्धा रहेको खुल्ला व्याटमिन्टन प्रतियोगिता शुभारम्भ गर्दै मन्त्री डा.शाक्यले सवैको भावनालाई समेटिएको संविधान नेपालको संविधान कार्यन्वयनको सन्दर्भमा सवैले आ–आफ्नो क्षेत्रवाट योगदान दिनु आवश्यक भएको बताए।

संविधान दिवसको अवसमार विभिन्न खेलको आयोजना गर्ने लक्ष्य भएतापनि कोरोनाको प्रोटोकल पालना गर्नुपनेै भएकोले बागमती प्रदेश सरकारले खेलकुद दायरा सिमित गरेर खुल्ला व्याटमिन्टन प्रतियोगिता मात्र गरेको बताउंदै बागमती प्रदेश सरकार खेलकुदको विकासको लागि प्रतिबद्ध रहेको पनि मन्त्री डा.शाक्यले भने ।

मानवसेवा आश्रम पुगेर फलफूल वितरण गर्न पुगेका मन्त्री डा.शाक्यले आफू हेटौंडा भएको बेला हरेक महिनाको एकपल्ट व्यक्तिगत रुपमा नै आफूले मानवसेवा आश्रममा आश्रित २ सयजनालाई भोजन गराउने घोषणा पनि गरेका छन्।
प्रकाशन मिति–२०७८ साल असोज १ गते शुक्रवार ।