Sali Nadi Mela 2काठमाडौ। माघ महिनाको महत्व भनेकै श्रीस्वस्थानीको ब्रत तथा यसको घर–घरमा कथाबाचन हो। एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा कथाबाचन गरेमा मनोकांक्षा पूरा हुने हिन्दूहरुको विश्वास रहेको छ।

काठमाडौको साँखुस्थित सालीनदीमा श्रीस्वस्थानीको ब्रत बसेका अधिकाँश ब्रतालुहरुले आफ्नो भन्दा देशको निकासको लागि ब्रत बसेको बताएका छन्। देश बनेमा मात्र आफूहरु बन्ने भन्दै उनीहरुले भूकम्पवाट थिलथिलिएको मुलुकमा भारतको नाकाबन्दीले बर्बाद भएको देशमा श्रीस्वस्थानी माताले कल्याण गरुन भनेर कामना गरेका छन्।

Sali Nadi Mela 3

Sali Nadi Mela 1

हिन्दू नारीहरुले पुष शुक्लपूर्णिमा देखि माघ शुक्लपूर्णिमासम्म एकमहिना कठिन ब्रत बसी सालीनदीमा स्नान गर्ने प्रचलन रहेको छ। अघिल्लो बर्षको तुलनामा भारतको नाकाबन्दीले इन्धन अभावभएवाट साँखुको सालीनदी आउने भक्तजनहरुको भीडमा निक्कै कमी आएको महशुश गरिएको छ। अघिल्लो बर्षको एक चौथाई पनि यो बर्ष भीड नभएको साँखुको सामाजिक अभियन्ता केदारनारायण श्रेष्ठ वताउंछन्। भक्तजनको सुरक्षाको लागि ७१ प्रहरी तथा १ सय स्वयमसेवक परिचालन गरिएको जानकारी श्रीस्वस्थानी ब्रत तथा सालीनदी व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित मिति–२०७२ साल माघ १८ गते सोमवार ।